आज १९ औं राष्ट्रिय सूचना दिवस

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०८२

राष्ट्रिय सूचना दिवस आज विविध कार्यक्रम गरि मनाईंदै छ । दिवसका अवसरमा सन्देश जारी गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको अधिकार लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्नुभएको छ । यस्तै, सूचनाको हक नागरिकको हक भएको स्पष्ट भएको प्रधानमन्त्रीे ओलीको भनाई छ । सूचना माग्ने नाममा सरोकार नभएका व्यक्तिले अनावश्यक सूचना माग्ने र त्यसको दुरुपयोग गर्ने काम हुनु नहुनेमा भने आयोग प्रष्ट हुनुपर्ने उहांको भनाई छ ।

यसैविच, राष्ट्रिय सूचना आयोगले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न सार्वजनिक निकायलाई आह्वान गरेको छ । १९ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोगले शुभकामना तथा प्रतिबद्धतापत्र जारी गरी सो आह्वान गरेको हो । सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गनसार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने पत्रमा उल्लेख छ । 


प्रतिक्रिया