एमालेको नीति, कार्यक्रमअनुसार अघि बढ्छुः विद्यादेवि भण्डारी

भाद्र २, २०८२ | काठमाडौं
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एमालेको सदस्यता सक्रिय रहेको र पार्टीको नीति अनुसार नै अघि बढ्ने बताउनु भएको छ ।
विराटनगरमा आज सञ्चारकर्मीसँग भण्डारीले एमालेको नीति र कार्यक्रमअनुसार नै अघि बढ्ने बताउनुभएको हो । आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफू नेकपा एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको उहाँको भनाई थियो । त्यस्तै, भण्डारीले राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै पद सकिएपछि पुरानो काममा फर्कन सकिने उल्लेख गर्नुभयो ।
भण्डारीले गत साउन १४ गते एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गर्नु भएको थियो । सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय एमालेले गरेको भएपनिे आफ्नो अभियान भण्डारीले नरोकिने बताउँदै आउनु भएको छ ।