भारतीय विदेश सचिव मिश्री स्वदेश फिर्ता

भाद्र २, २०८२ | काठमाडौं

दुई दिनका लागि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्री आज स्वदेश फर्किनुभएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि हिजो बिहान काठमाडौँ आएका विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडृल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

स्वदेश फर्किनुअघि विदेश सचिव काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । सो क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देललाई गाडी, घोडा, कुकुर र विभिन्न स्वास्थ्य उपकरण प्रदान गर्नुभएको थियो ।

 यसैबीच, काठमाडौंस्थित भारतीय दूतावासले प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको एजेन्डा लगायत बिषयमा छलफल भएको बताएको छ । उपयुक्त समयमा भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको समेत दूतावासले जनाएको छ ।   


प्रतिक्रिया