रुपन्देही ३ को उपनिर्वाचनकालागि २६ दल दर्ता

भाद्र २, २०८२ | काठमाडौं
रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि विभिन्न २६ वटा राजनीतिक दल दर्ता भएका छन् ।
सो क्षेत्रमा हुने उपनिर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत प्रमुख दलसहित अन्य विभिन्न दलले निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि २७ वटा निवेदन परेपनि कानूनी प्रक्रिया पूरा गरेका २६ दललाई मान्यता दिइएको छ । राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।