पार्टी खोल्ने दुर्गा प्रसाईको घोषणा

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०८२ | काठमाडौं

राजतन्त्र पुर्नस्थापनाका लागि आन्दोलनको अगुवाइ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले दल खोल्ने घोषणा गर्नुभएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि राज्यविरुद्धको कसुर र अपराधिक उपद्रव लगायत मुद्धामा धरौटीबाट रिहा भएको दुई सातापछि प्रसाईले पार्टी स्थापना गर्ने बताउनुभएको हो । भक्तपुरस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उहाँले मुलुक अवस्था परिवर्तनका लागि भन्दै दल खोल्ने घोषणा गर्नुभयो । 

प्रसाईं राजसंस्था पुनस्र्थापनाका लागि गठन भएको संयुक्त जनआन्दोलन समितिको कमान्डर बन्नुभएको थियो । पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले राजसंस्थाको एजेन्डा छाड्ने संकेत गर्नुभएको छ । राजतन्त्र पुर्नसंस्थापनाका लागि पूर्वराजा नै अघि सर्नुपर्ने उहाँको भनाइ थियो । 

प्रसाईको नेतृत्वमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने निजी घर, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालय र सरकारी गाडीमा आगजनी भएको थियो । त्यसपछि भागेर भारत पुगेका प्रसाईलाई नेपाल ल्याएर प्रहरीले विभिन्न मुद्धा दर्ता गरेपछि अनुसन्धानका लागि हिरासतमा राखिएको थियो । पाटन उच्च अदालतको आदेशपछि धरौटी बुझाएर उहाँ गत साउन २० गते रिहा हुनुभएको थियो । 


प्रतिक्रिया