बैतडी केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

पुस १६, २०८१ | दार्चुला

बैतडीको सिगास गाउँपालिका–७ न्वाघर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिम्सिनाका अनुसार भूकम्पको धक्का बैतडी र दार्चुलासहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । 

पौष महिनाको अहिलेसम्म सुदूरपश्चिम र कर्णालीका जिल्लाहरुमा ४ रेक्टर स्केलमाथिका ६ ओटा भूकम्प गईसकेको तिम्सिनाले बताउनुभयो । भूकम्पका कारण कुनै मानवीय क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन । 

सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम कायमै रहेको छ । 

स–साना भूकम्प गइरहेकाले जुनसुकै समयमा पनि ठूलो भूकम्प जान सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्नुपर्ने देखिएको जानकारीहरु बताउँछन् । 


प्रतिक्रिया