डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जेष्ठ २३, २०८१ | दार्चुला

डोटीको खडिनामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दार्चुलाबाट धनगढीका लागि छुटेको यात्रुवाहक जीप डोटीको जोरायल गाउँपालिका १ खडिनामा आज बिहान दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो ।

जीपमा सवार दार्चुलाको लेकम गाउँपालिका —४ पैतोलीकी ४० वर्षीया धौलादेवी धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भटराईले जानकारी दिनुभयो ।

सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा धनगढीस्थित निसर्ग हस्पिटलमा मृत्यु भएको हो । जिपमा नौ जना सवार थिए । ७ जना घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । 


प्रतिक्रिया