भिरबाट लडेर एकको मृत्यु

आश्विन ३०, २०७९ | दार्चुला

दार्चुलाको ब्यास गाउँपालिका–५ मा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । दुहु गाउँपालिका–४ दौलाका ३२ बर्षिय हर्कबहादुर बमको ब्यास गाउँपालिका–५ मा अवस्थित दरपा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो । गएराति मन्दिरमा पूजापाठ गरेर फर्केनिक्रममा दार्चुला–तिंकर सडकको सो भिरबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ ।

 मृतकसंगै एक जना अर्का पनि स्थानीय भएकोले उनलाई प्रहरीले नियन्त्रणमा लिएर मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया