कांग्रेसभित्र विशेष महाधिवेशनको एजेन्डा फेरि अघि बढ्ने

रेडियो कान्तिपुर संवाददाता

पुस ११, २०८२ | काठमाडौं

यही पुष अन्तिम साताका लागि निर्धारित महाधिवेशन नहुने भएपछि नेपाली कंग्रेसका संस्थापन इतर पक्षले विशेष महाधिवेशनका लागि दवाव बढाएका छन् । विधानको व्यवस्था अनुसार विशेष महाधिवेशनको माग गर्दै अघिल्लो महिना प्रस्ताव दर्ता गराएका नेताहरुले आज पार्टीलाई स्मरण पत्र बुझाएका छन् ।

केन्द्रिय कार्यसम्पादन समितिको बैठकका लागि पुगेका नेताहरुलाई विशेष महाधिवेशन पक्षधर नेताहरुले स्मरण पत्र बुझाएका हुन् । सो पत्र बुझ्दै कंग्रेस महामन्त्री गगन थापाले नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशनको विकल्प नभएको बताउनुभयो । विशेष महाधिवेशन अब अनिवार्य भएको उहाँको भनाइ थियो ।

विशेष महाधिवेशनको मागलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिनुभएको छ । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले दुई महामन्त्रीको साझा धारणा रहेको र समग्र पार्टीले त्यसलाई स्वीकार गर्नुपर्ने बताउनुभयो

१५ औं महाधिवेशनका लागि मिति तोकिएपनि क्रियाशील सदस्यता नवीकरण लगायत बिषयले तल्लो तहका अधिवेशनलाई प्रभावित पारेको छ । त्यसपछि कंग्रेसले महाधिवेशनको कार्यतालिकामा संसोधनको गृहकार्य गरेको बताइन्छ ।  


प्रतिक्रिया