इरानमा सरकार विरोधी प्रदर्शनमा ३ हजार बढीको मृत्यु भएको अधिकारवादी संस्थाको दाबी

माघ ३, २०८२ | काठमाडौं

इरानमा भएको सरकारविरुद्धको प्रदर्शनका क्रममा ३ हजार बढीको मृत्यु भएको छ । इरानमा १५ प्रान्तका ३ हजार ४ सय २८ जनाको मृत्यु भएको छ भने एक हजार बढि घाइते भएको त्यहाँको मानवअधिकारवादी संस्थालाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

 जनवरी ८ देखि १२ सम्म सो घटना भएको समाचारमा उल्लेख छ । यस्तै, त्यहाँका सुरक्षाकर्मीले ठूलो संख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ । यसैबीच, इरानका एक वरिष्ठ कट्टरपन्थी धर्मगुरुले पक्राउ परेका प्रदर्शनकारीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतवनी समेत दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

यता, ट्रम्पले भने शान्तिपूर्ण प्रदर्शनकारीहरुको हत्या गरिएकोमा इरान विरुद्ध कारबाही गर्ने धम्की समेत दिनुभएको छ । गत डिसेम्बर २८ मा कमजोर अर्थतन्त्रविरुद्ध सुरु भएको आन्दोलन क्रमशः देशको शासनलाई प्रत्यक्ष चुनौती दिँदै भएको विरोध प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनलाई दबाउन सफल भएपनि इरानभित्र राजनीतिक तनाव कायमै रहेको टिप्पणी भएको छ । 


प्रतिक्रिया