अमेरिकाले मेक्सिको र ईयू सदस्य राष्ट्रमाथि ३० प्रतिशत कर लगाउने

असार २९, २०८२ | काठमाडौं
व्यापार वार्ता असफल भएको भन्दै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिको र युरोपियन युनियन इयूलाई ३० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । आगामी अगस्ट १ देखि लागू हुने गरी सो तयारी गरिएको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेख्नुभएको छ । यसअघि ती मुलुकलाई गत अप्रिलमा लगाइएको कर केही समय स्थगित गरिएको थियो । तर वार्ता असफल भएसँगै कर ३० प्रतिशत निर्धारण गरिएको ट्रम्पको भनाइ छ ।
अमेरिकाले करवृद्धि गरेसँगै प्रतिक्रिया दिंदै युरोपियन युनियनले व्यापारमा असन्तुलन हुने जनाएको छ । यस्तै, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेबनमले आफ्नो मुलुकको सार्वभौमसत्ता विपरीत गएर अमेरिकासँग कुनै सहमति हुन नसक्ने बताउनुभएको छ ।