अमेरिकी सामानमा १२५ प्रतिशत आयात कर लगाउने चीनको घोषणा

चैत्र २९, २०८१ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १ सय २५ प्रतिशत सम्म आयात कर लगाउने घोषणा गरेसँगै, प्रतिक्रिया स्वरुप चीनले समेत सोही मात्रामा कर लगाउने भएको छ ।

अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार नियम र आधारभूत आर्थिक कानूको गम्भीर उल्लङ्घन गरेको भन्दै चीनले सो कदम लिएको हो । बेइजिङको स्टेट काउन्सिल ट्यारिफ कमिसनले आज एक विज्ञप्ति मार्फत जवाफी करको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घोषणा भएको नयाँ शुल्क भोलीबाट लागू हुने विज्ञप्तिमा जनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, चीनको वाणिज्य मन्त्रालयले विश्व व्यापार संगठनमा अमेरिकी करलाई चुनौती दिँदै नयाँ मुद्दा दायर गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वव्यापी आर्थिक अस्तव्यस्तता सृजना गरेको चीनले आरोप लगाएको छ ।     


प्रतिक्रिया