सुनचाँदीको मूल्य बढ्यो
पुस ७, २०८२
सुन र चाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
एकैदिन सुनको मूल्य तोलामा आज ३ हजार ४ सय रूपैयाँले बढेको छ ।
आज सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा १ सय ३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँ कायम भएको छ ।








