धनकुटामा स्थानीय यूवालाई टुरिष्ट गाइड तालिम
पुस ७, २०८२ | धनकुटा
स्थानीय पर्यटन प्रबद्र्धन र रोजगारी श्रृजना गर्न धनकुटा नगरपालिकाले स्थानीय यूवाकालागि टुरिष्ट गाइड तालिम संचालन गरेको छ ।
नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा धनकुटा नगरपालिकाका १५ जना यूवालाई टुरिष्ट गाइडमा हुनुपर्ने आचरण, व्यबहारिक ज्ञान, शिष्टाचार, सम्बाद कला, सुरक्षा सचेतना र जिम्मेवारीका बिषयमा सातदिनको तालिम उपलब्ध गराएको हो ।
तालिममा सहभागी यूवालाई पर्यटनकर्मी, इतिहासका जानकार तथा भूगर्भविद््ले धनकुटाको इतिहास, संस्कार संस्कृती, भाषा, भौगोलिक बिशेषता, पर्यटकका लागि सहि र विश्वरनिय सूचना र मार्गदर्शन सम्बन्धि सातदिनको कोर्ष उपलब्ध गराएका छन् ।
गाइडहरुले धनकुटा आउँने आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय बिशेषता बारे बुझाउँने, घुमाउँने र चिनाउँने छन् ।








