आजबाट १७ औँ संस्करणको नाडा अटो शो शुरु

भाद्र ३, २०८२ | काठमाडौं
काठमाडौंमा १७ औँ संस्करणको नाडा अटो शो शुरु भएको छ ।
गो फर मोर भन्ने नारासहित अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटो शोको आयोजना गरेको हो । यसपटकको प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी साधनका ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका र अटो पाट्र्स, टायर, ब्याट्री तथा ग्यारेज उपकरणहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
मेलामा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता छ । अटो शोलाई अझ आकर्षक र विशेष बनाउन विभिन्न नवीनतम प्रविधि र नयाँ मोडेल प्रस्तुत गरिने आयोजकको दाबी छ । मेलामा नेपालमा कानुन बनाउन बाँकी रहेको उड्ने कारको पनि प्रदर्शनी गरिएको छ ।