चार दिनदेखि अरुण तेस्रोको विद्युत गृह ठप्प

भाद्र १९, २०८०

संखुवासभामा निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्गमा स्थानीयबासीले अवरुद्ध गरेका छन् । अरुण तेस्रो प्रवेश मार्गको छ्याङकुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाई भएको भन्दै स्थानीयले गत शनिबारदेखि विरोध जनाएका हुन् ।

अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले आलटाल गरेकाले आयोजनाको विद्युत गृह स्थल र प्रवेशमार्गको सडक बन्द गरिएको संघर्ष समितिका संयोजक जनीकुमार राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत बैशाख २६ गते छयाङकुटी–दिदिड सडकखण्डमा प्रति रोपनी ११ लाख ७५ हजार रुपैयाा दिने निर्णय गरेको थियो । अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ ।  


प्रतिक्रिया