महाकाली नदी किनारमा महिलाको शव फेला

पुस १९, २०८२ | दार्चुला

दार्चुलास्थित महाकाली नदी किनारमा महिलाको शव फेला परेको छ ।

महाकाली नगरपालिका–७ धापस्थित महाकाली नदी किनारमा आज अन्दाजी ५५÷५६ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान स्थानीयले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट गएको प्रहरी टोलीले घटनास्थल पुगी मुचुल्कासहित शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरी प्रवक्ता हेमराज भट्टले जानकारी दिनुभयो । 

महिलाको शव केही दिनअघिको जस्तो देखिएको छ । 

घटनाको विषयमा थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया