जेनजीको विरोध प्रदर्शन शुरु हुँदै
पुस ७, २०८२ | काठमाडौं
सरकारसँग असन्तुष्ट बनेको जेनजी समूहले आजदेखि विरोध प्रदर्शन गर्दै छ । उनीहरुले बिहान ११ बजेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएका छन् । आफ्ना माग पुरा गर्न सरकार असफल भएको भन्दै विभिन्न ३० वटा जेनजी समूह संयुक्त आन्दोलनमा उत्रिएको हो । आन्दोलनको संयोजकमा मिराज ढुंगानालाई तोकिएको छ । गरिखान देउ अभियानका संयोजकसमेत रहेका मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार असफल भएकाले सडकमा आउनु परेको बताउनुभएको छ ।
जेनजी आन्दोलनको बलमा बनेको सरकारले नै आफुहरुको माग नबोकेको ढुंगानाको भनाइ छ । उनीहरुले कसैको अपहरणमा परेको सरकारले चुनाव गर्न नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको आन्दोलनको माग पुरा नभएसम्म चुनाव हुन नसक्ने उनीहरुको तर्क छ ।











