उपसभामुख इन्दिरा रानालाई हटाउने एमाले–कंग्रेसको तयारी

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०८२ | काठमाडौं

सत्तासाझेदार दल नेपाली कंगे्रस र एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । हिजो साँझ प्रधानमन्त्री निवासमा कांग्रेस र एमालेका नेताहरुबीच पद अनुसार आचरण नगरेको भन्दै उपसभामुख रानालाई हटाउने समझदारी जुटेको जनाइएको छ । बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो । 

उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको आरोप दुई दलको छ । स्रोतका अनुसार उपसभामुखविरुद्धको प्रस्तावमा कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ । केही सांसदले भने हिजै हस्ताक्षर गरिसकेका छन् । दुवै पार्टीले संसदीय दलको बैठक बोलाएका छन् । 


प्रतिक्रिया