चालु आर्थिक वर्षको पहिलो महिनामा ८७ अर्ब राजस्व संकलन

भाद्र ३, २०८२
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा ८७ अर्ब १५ करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को साउनमा ९० अर्ब ९४ करोड रुपैँया राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष झन्डै चार अर्ब कम राजस्व संकलन भएको हो । चालु आर्थिक वर्षका लागी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याउनुभएको थियो । पहिलो महिनामा वार्षिक लक्ष्यको ५ दशमलब ८१ प्रतिशत राजस्व भएको छ । गत वर्ष सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याउदा १४ खर्ब १९ अर्ब रावस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।