निरन्तरको खोप अभियानले रुवेला निवारण

भाद्र ३, २०८२
नेपालले रुबेला रोग निवारण भएको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ । जर्मन दादुराका रुपमा समते चिनिने रुबेला अत्यधिक संक्रामक भाइरल संक्रमण मानिन्छ । यो भाइरलको संक्रमण पश्चात गर्भपतन हुने, मृत बच्चा जन्मने तथा शरीर कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखा पर्दै आएका छन् । यस्तो संक्रमणबाट जोगाउन नेपालले ठोस प्रयास गरेको डब्लुएचओको भनाई छ ।
यो संगै दक्षिण–पूर्वी एशियामा रुबेला निवारण हासिल गर्ने नेपाल छैटौं मुलुक हो । राष्ट्रिय खोप कार्यक्रमको सफलताका रुपमा समेत यसलाई लिइने जनाइएको छ । नेपालले सन् २०१२ मा रुबेला युक्त खोप सुरु गरेको थियो । सन् २०१६ मा नियमित खोप तालिकामा रुबेला युक्त खोपको दोस्रो मात्रा थपिएको थियो । त्यस पछिका प्रत्येक ४ वर्षमा निरन्तर खोप अभियान चलाइएको थियो । सोही क्रममा ९ महिना देखि १५ वर्षसम्म व्यक्तिमा रुबेलाको खोप लगाउने अनुपात कम्तीमा ९५ प्रतिशत रहेको जनाइएको छ ।