उपाध्यक्षबारे सर्वोच्चको आदेशपछि माओवादीमा तरङ्ग, अध्यक्षको निवासमा छलफल

जेष्ठ २२, २०८२ | काठमाडौं
सर्वोच्च अदालतले पूर्वसभामुख एवं पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अपहरण तथा ज्यान कसुरमा अनुसन्धान गर्न सरकारलाई आदेश दिएसंगै माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा जारी सचिवालय बैठकमा सर्वोच्चको आदेशसहित समसामयिक विषयमा छलफल भइरहेको हो ।
सर्वोच्चको संवैधानिक इजलासले हिजोमात्रै सापकोटाविरुद्ध विभिन्न मितिमा परेका ३ रिटमाथि अन्तिम सुनुवाई गर्दै ज्यान मुद्धामा अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशलाई माओवादी केन्द्रका नेताहरुले राम्रो संकेत नभएको बताएका छन् ।
द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशले शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सहयोग नगर्ने टिप्पणी नेताहरुको छ । भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्ने बटमलाईनमा रहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई सर्वोच्चको पछिल्लो आदेशले अप्ठेरोमा पारेको बुझिएको छ ।