बालुवाटारमा सत्ता गठबन्धनको बैठक

वैशाख १७, २०८२

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासँगै आगामी रणनीति बनाउन सत्तारुढ दलको बैठक आज बस्दैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बस्ने बैठकमा सडकमा रहेका शिक्षकहरुको आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरुको आन्दोलन लगायत विषयमा छलफल हुन लागेको हो । 

शिक्षा ऐन जारी गर्न माग गर्दै २८ दिनयतादेखि काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएको शिक्षक महासंघ र सरकारबीच वार्ता र संवादहरु भइरहेका छन् । शिक्षा मन्त्रालयमा हिजो भएको वार्तामा सरकार र शिक्षक महासंघका प्रतिनिधिहरु सम्भावित सहमतिको खाकामा समझदारी बनेको छ ।

शिक्षकले मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने ९ बुँदे माग प्रस्ताव गर्दा शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव गरेको छ । यस्तै, तत्काल संघीय निजामती ऐन जारी गर्न माग गर्दै आन्दोलित निजामती कर्मचारीको माग सम्बन्धमा समेत छलफल हुने काँग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । बैठक अहिले केहीबेरमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया