जम्मू कश्मीरमा बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि

वैशाख १०, २०८२ | काठमाडौं
भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा मृत्यु भएका नेपाली रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपाने भएको पुष्टि भएको छ ।
बुटवल उपमहानगरपालिका–१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले घटनामा आफ्नो भतिज सुदीप न्यौपानेको मृत्यु भएको पुष्टी गर्नुभएको हो । सुदिप, आमा रिमा, बहिनी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहितको टोली गत शनिवार कश्मीर घुम्न गएका थिए ।
वडाध्यक्ष न्यौपानेका अनुसार सुदीप बाहेकका तीनै जना सकुशल छन् । सुदिपको शवलाई आज नेपाल ल्याउने तयारी गरिएको न्यौपानेले बताउनुभयो ।