कश्मीरमा भएको आतंकवादी आक्रमणको नेपालद्वारा निन्दा

वैशाख १०, २०८२ | काठमाडौं
भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणको नेपालले निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरको पलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्नु भएको हो ।
सो घटनामा एक नेपालीसहित २७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतंकवादी कार्यको कडा निन्दा गर्नु भएको हो ।
ओलीले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ, ‘पहलगाममा भएको आतंकवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं । नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतंकवादी कार्यको कडा निन्दा गर्दछ ।’
आक्रमणमा नेपाली नागरिक परेको आशंका सम्बन्धी रिपोर्टका बारेमा सरकारले भारतीय पक्षसँग समन्वय भईरहेको उहाँले बताउनुभयो ।
मंगलबार चार/पाँच जनाको समूहमा आएका आतंकवादीले त्यहाँ रहेका पर्यटकको धर्म सोधेर गोली प्रहार गरेका थिए । नाम र धर्म नबताउनेको कपडा समेत खोलेर जाँच गरिएको आक्रमणका घाइतेहरुले बताएका छन् ।