दाहाल र नेपाल कम्युनिष्ट एकताबद्धमा बाधकः प्रधानमन्त्री ओली

वैशाख ९, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गरेको आरोप लगाउनु भएको छ । नेकपा स्थापनाको ७७ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दुवै नेतालाई ईष्र्यालु, अरूबाट परिचालित, असहिष्णु र डाह गर्ने व्यक्तिका रूपमा उल्लेख गर्दै उनीहरूले कम्युनिस्ट पार्टी एकताबद्ध हुन नदिएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले राष्ट्रियता र अग्रगमनका मुद्दा उठाएका कारण घेराबन्दीको सामना गर्नुपरेको बताउनुभयो । उहाँले राम्रो गर्न खोज्दा आफू आलोचनाको तारो बन्नुपरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले एमालेकै नेताहरूले पनि आफ्नै नेतृत्वप्रति शंका गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार बलियो बनाउन चाहेको बताउनुभयो । 


प्रतिक्रिया