कंगोमा विद्रोही समूहको आक्रमणमा १ सय ४० जनाको मृत्यु

भाद्र ४, २०८२ | काठमाडौं
अफ्रिकी मुलुक कंगोमा सशस्त्र विद्रोही समूहको आक्रमणमा परि १ सय ४० जना नागरिकको मृत्यु भएको छ । विद्रोही समूहको आक्रमणमा सो संख्यामा हताहति भएको मानव अधिकारवादी संस्थाले जारी गरेको प्रतिवेदनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
द्वन्द्व अन्त्य गर्न अमेरिका र कतारको मध्यस्थतामा शान्ति प्रक्रिया अगाडी बढाइएपनि सो घटना भएको हो । रुवान्डा समर्थित विद्रोही समूहले सो आक्रमण गरेको बताइएपनि सो प्रतिवेदन माथि भने विद्रोही समूहले कुनै टिप्पणी गरेको छैन ।
विद्रोही समूहले रुत्सुरुको एक ग्रामिण क्षेत्रमा आक्रमण हुँदा सो घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचारमाधयमले जनाएका छन् ।