म्यानमारमा डिसेम्बर २८ मा आम निर्वाचन गर्ने सैन्य सरकारको घोषणा

भाद्र २, २०८२ | काठमाडौं

म्यानमारको सैन्य सरकारले आगामी डिसेम्बर २८ मा आम निर्वाचन हुने घोषणा गरेको छ । सन् २०२१ मा सैन्य शासन लागू भएपछि गृहयुद्धमा फसेपश्चात म्यानमारमा सैन्य सरकारले निर्वाचन गर्ने घोषणा गरेको हो ।

 मतदान चरणबद्द रुपमा हुने बताइएको छ । चरणबद्द रुपमा गर्ने भनिएको निर्वाचनले जुन्ता सरकारलाई सशक्त बनाउने प्रयास भएको भन्दै आलोचना समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सो निर्वाचनमा करिब ५५ दल सहभागी हुने सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

सैन्य कू मार्फत सत्ता परिवर्तन भएपछि प्रजातान्त्रिक नेतृ आङ साङ सुचीलाई जेल चलान गरेपश्चात त्यहाँ मतदान हुने घोषणा गरिएको हो । यसअघि, गृहयुद्धमा फसेकाले निर्वाचन गराउने सैन्य सरकारको लक्ष्यसफल हुन सकेको छैन । यद्यपि, म्यानमारमा संघर्ष जारी रिहेकाले निर्वाचन गराउन कठिन हुने विश्लेषण गरिएको छ । 


प्रतिक्रिया