अमेरिका र युरोपले युक्रेनलाई सुरक्षा दिनका लागि रुसको अनुमति

भाद्र २, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टीभ वीटकोफले रुसले अमेरिका र युरोपलाई युक्रेनको लागि बलियो सुरक्षा ग्यारेन्टी दिन अनुमति दिने सहमति गरेको बताउनुभएको छ ।
सो सहमति सम्भावित शान्ति सम्झौताको हिस्साको रूपमा रहेको विशेषदूत वीटकोफले बताउनुभएको छ । उहाँले सीएनएनलाई अन्तवार्ता दिँदै हालै अलास्का शिखर सम्मेलनमा अमेरिका र युरोपले सुरक्षा ग्यारेन्टी दिन सो विषय सम्झौतामा नै उल्लेख गरिने बताउनुभएको हो ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोकोे सिद्धान्तलाई उल्लेख गर्दै धारा ५ मा नेटोको एक सदस्यमाथि आक्रमण गरेमा सबैमाथि आक्रमण गरेको ठहरिने उल्लेख भएको वीटकोफको भनाइ छ ।
यद्यपी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल हुन खोजेपछि त्यसको लामो समयदेखि विरोध गर्दै आउनुभएको छ । विटकोफले भने युक्रेनको लागि यो पनि विकल्प हुन सक्ने बीबीसीले जनाएको छ ।
यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार ट्रम्प र युरोपेली नेताहरूसँग वार्ता अघि अमेरिकाको सुरक्षा ग्यारेन्टी प्रस्तावलाई ऐतिहासिक बताउनुभएको छ ।