हङकङमा कोरोनाको निःशुल्क उपचार बन्द हुने

श्रावण १, २०८२ | काठमाडौं

हङकङमा कोरोना भइरस संक्रमितका लागि निःशुल्क प्रदान हुँदै आएको औषधि वितरण बन्द हुने भएको छ । 

पछिल्लो समय संक्रमण दरमा कमी आएसँगै सरकारले उपलब्ध गराउँदै आएको विभिन्न औषधि विरतमा रोक लगाउने तयारी गरेको हो । जुलाई २९ बाट लागू हुने गरि सो व्यवस्था गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

निःशुल्क रुपमा प्रदान हुँदै आएको सो विरतणमा रोक लगाइएपछि नागरिकले भने ७ हजार डलरसम्म शुल्क तिर्नुपर्ने भएको छ । हङकङको स्वास्थ्य सुरक्षा केन्द्रले अप्रिल २०२२ देखि लागू भएको सो व्यवस्थाबाट २ लाख बढीको निःशुल्क उपचार गरिएको जनाएको छ । 

 यसैबीच कतिपय स्वास्थकर्मीले भने सरकारले लागू गर्न लागेको नयाँ व्यवस्थाले स्वास्थ्य क्षेत्रमा समस्या आउन सक्ने चेतावनी दिएका छन् ।    


प्रतिक्रिया