आफू विरुद्ध जाने मुलुकलाई थप १० प्रतिशत कर लगाउने अमेरिकाको चेतावनी

असार २३, २०८२ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स गठबन्धनको नीतिलाई समर्थन गर्ने र अमेरिकी हित विरुद्ध जाने देशहरुलाई थप १० प्रतिशत कर लगाइने चेतावनी दिनुभएको छ ।

ट्रम्पले अमेरिका विरोधी नीतिहरूसँग पंक्तिबद्ध गर्ने कुनै पनि देशलाई थप १० प्रतिशत कर लगाइने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्पले लामो समयदेखि ब्रिक्सको आलोचना गर्दै आउनुभएको छ । ब्रिक्समा चीन, रुस र भारत पनि समावेश छन् । अमेरिकाले व्यापार सम्झौतामा सहमत हुन देशहरुलाई जुलाई ९ सम्मको समयसीमा तोकेपनि अमेरिकी अधिकारीहरुले अगस्ट १ बाट कर सुरु हुने बताएका छन् ।

जनवरीमा पदभार ग्रहण गरेदेखि अमेरिकी उत्पादनलाई बढावा दिन र रोजगारी सुरक्षित गर्न ट्रम्पले अन्य देशहरुबाट आउने सामानहरुमा आयात करको घोषणा गर्दै आउनुभएको छ ।  


प्रतिक्रिया