इजरायल र इरानमा युद्धविराम हुनेमा आशंका

असार ११, २०८२

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानलाई युद्ध रोक्न निर्देशन दिएपनि युद्धविराम हुनेमा आशंका बढेको छ । इजरायल र इरान दुवैले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएसँगै युद्ध नरोकिने सम्भावना बढेको हो । ट्रम्पको निर्देशन विपरीत इजरायलले तेहरानमा शक्तिशाली आक्रमण गर्न निर्देशन दिएको खबर बाहिरिएको छ । त्यस्तै। इरानले पनि युद्धविराम उल्लंघन गरेको इजरायलको आरोप छ ।

राष्ट्रपति ट्रम्प र इजरायका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच टेलिफोनमा वार्ता भए लगत्तै इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । तर, इरानले क्षेप्यास्त्र प्रहारको आरोप अस्वीकार गरेको छ । इरानले भने इजरायलले आक्रमण गरे प्रत्याक्रमण नरोक्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया