किमाथाङ्का देशकै महत्वपूर्ण नाकाः सिँचाइमन्त्री खड्का

श्रावण ३, २०८२

उर्जा जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का नाका देशकै महत्वको नाका रहेको बताउनुभएको छ । संखुवासभाको चैनपुरमा सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै सो नाका १२ महिना चल्ने भएकोले किमाथांका नाकालाई अहिलेको सरकारले प्राथामिकता दिएर अगाडी बढेको उहाँले बताउनु भयो । 

उहाँले किमाथांका नाकामा चीन सरकारको पनि विशेष चासो रहेको उल्लेख गर्नुभयो । नाकामा चीनको सहयोग प्राप्त हुने र सडक जोडिए संगै सञ्चालनमा आउने पनि उहाँको भनाइ थियो । जिल्लामा ठुला जलविद्युत आयोजनामा भारत सरकारको लगानी भएकोले दुवै छिमेकी मुलुकसककग सम्वन्ध कायम गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

चैनपुरमा खुलेको सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दीगो उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने बताए। उनले आयोजनामा विभिन्न प्राविधिक, व्यवस्थापकीय, र सामाजिक पक्ष समेटिएको बताए। यो आयोजनाले ४ वटा जिल्लामा काम गर्ने मन्त्री खड्काले बताउनुभयो । 


प्रतिक्रिया