नेपाल 'ए' टोली ओमानसँग पराजित

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०८३ | काठमाडौं

नेपालको ए टोली र ओमानको राष्ट्रिय टोलीबीच भएको एक दिसवसीय क्रकेट सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । ओमानले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली ४४ दशमलव ४ ओभरमा अल आउट हुँदै २ सय १० रनमा समेटियो । शीर्ष क्रमका ब्याटरले सहज इनिङस् तर्फ अघि बढाएको खेलमा मध्यक्रममा कुनैपनि ब्याटर चल्न नसकेपछि नेपाली टोली ७० रनमा पराजित हुन पुगेको हो । 

मध्यक्रम र अन्तिमका सहित गरि मैदान प्रवेश गरेका ६ जना ब्याटरले २३ रन मात्र बनाएपछि नेपाली टोली पराजित भएको हो । त्यअघि इशान पाण्डेले ५१, अनिल कुमार साहले ५० रन सहित अर्धशतक बनाउँदा देव खनालले ४३ र तृतराज दाशले ३१ रन बनाएका थिए । त्यसपछि सन्दिप जोराले ११ रन बनाउनुबाहेक अन्यले खराब प्रदर्शन गरे । नेपालमा केहिदिनपछि हुन लागेको आइसीसी लिग टु को खेलका लागि ओमानको टोली नेपाल भ्रमणमा आएको हो ।  


प्रतिक्रिया