वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले इटलीसँग खेल्दै

वैशाख ६, २०८३ | काठमाडौं

रुवान्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी क्रिकेट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल गहंगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयानुसार साँझ पौने ५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल पहिलो जितको खोजी हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । इटली भने लगातार दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ ।

इटलीले आफ्नो पहिलो खेलमा घरेलु टोली रुवान्डालाई १६ रनले हराएको थियो । यसअघि आजै हुने पहिलो खेलमा रुवान्डा र भानुआतु भिड्ने छन् ।

सो खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । आगामी मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी सबै टिमले एक–अर्कासँग दुईपटक खेल्ने प्रावधान छ ।

सो क्रममा सबैभन्दा बढी अंक ल्याउने टोली च्याम्पियन बन्नेछ । 


प्रतिक्रिया