हेंवा खोलामा निर्माणाधिन बेलिब्रिज झ¥र्यो एक जनाको मृत्यु, तीन मजदुर घाइते

जेष्ठ ३१, २०८२ | पाँचथर
पाँचथर–मेची राजमार्ग स्थित हेंवा खोलामा निर्माणाधिन बेलिब्रिज खसेको छ । जोडेर खोला वारिदेखि पारी पु¥याउने क्रममा पुल खसेको हो । पुल खस्दा एकजना मजदुरको निधन भएको छ भने तीनजना घाइते भएका छन् । पुल जोड्न खटाइएका मजदुरको नाम र ठेगाना खुलाइएको छैन ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कौशलकुमार बुडाथोकीले आफ्र घटनास्थलतर्फ गइरहेको जानकारी दिनुभयो । पहिलो पटक २०८० साल असार २ गते आएको बाढीले यहाँ लगाइएको पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो । पुन २०८१ असोज १२ गते सो बेलिब्रिज बगेपछि पुनः बेलिब्रिज निर्माको काम हुँदै आएको थियो ।
पुल के कारणले र कसरी खस्यो भन्ने विषय पुष्टि भएको छैन । मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याउने हेंवा खोलामा पुल र बेलिब्रिज बगेपछि डाइभर्सन गरेर गाडी वारपार गराउने गरिएको छ ।
निर्माणाधिन बेलिब्रिज खसेपछि अव पाँचथर र ताप्लेजुङ सवारी आउजाउ प्रभावित हुने पक्का भएको छ ।