सरकार परिवर्तनको खेलमा नलाग्ने ओलीको भनाइ

रेडियो कान्तिपुर संवाददाता

मंसिर २०, २०८२ | काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नलागेको बताउनुभएको छ । अन्तरिम सरकारप्रति रुष्ट बन्दै प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा उभिएका एमाले अध्यक्ष ओलीले निष्पक्ष निर्वाचन हुनुपर्ने समेत बताउनुभएको छ । 

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो। अन्तरिम सरकारले चुनावमा ध्यान केन्द्रित नगरेको ओलीको आरोप थियो । राजदूत फिर्ता गर्ने र अध्यादेश ल्याउने जस्ता काममा सरकार लागेको उहाँको भनाइ थियो।

एमाले अध्यक्ष ओलीले आफूलाई पक्राउ गर्न सरकारले जोडबल गरिरहेको टिप्पणी समेत गर्नुभएको थियो । 


प्रतिक्रिया