चिकित्सक संघको अगुवाइमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द

असार २३, २०८२ | काठमाडौं
नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
अस्पताल पुगेका विरामीहरु सेवा बन्द हुँदा समस्यामा परेका छन् । उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने आदेश दिएपछि त्यसको विरोध गर्दै चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो ।
यसअघि संघले आफ्नो मागका सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो । संघको अगुवाइमा भएका आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न ९ वटा संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।