पाकिस्तानमा करिब ३ हजार कन्टेनर रोकिएपछि इरान वैकल्पिक मार्गको खोजीमा

रेडियो कान्तिपुर संवाददाता

वैशाख ११, २०८३ | काठमाडौं

पाकिस्तानको सबैभन्दा ठूलो बन्दरगाह कराँचीमा करिब ३ हजार कन्टेनर अड्किएका छन् । ती कन्टेनरमा इरानमा पठाउने सामग्री रहेको अलजजीराले जनाएको छ । कन्टेनर लिन आउने जहाजहरू अझै नआएको र हर्मुज जलमार्गमा बढ्दो तनावका कारण ढुवानीमा अनिश्चितता बढेको समाचारमा उल्लेख छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले अप्रिल १३ देखि नौसैनिक नाकाबन्दी लागू गरेपछि इरानतर्फ जाने र त्यहाँबाट आउने जहाजहरुलाई रोकिएको बताइएको छ । सो जलमार्गबाट आवतजावत नै प्रभावित भएपछि इरानको निर्यात मात्र नभएर आयात क्षमतामाथि समेत असर पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

इरानले लामो समयदेखि प्रतिबन्ध सामग्रीको विकास गरिसकेको समेत बताएको इस्लामाबादस्थित अनुसन्धान संस्था सीआरएसएसका सल्लाहकार जावेद हसनलाई उदृत गर्दै समाचारमा उल्लेख छ । समुद्रमा रहेका ट्यांकरहरूमा करिब १७ करोड ब्यारेल तेल रहेको अनुमान गरिएको छ । यसैबीच, इरानले वैकल्पिक मार्गहरू खोज्न थालेको समेत बताइन्छ । 


प्रतिक्रिया