फिलिपिन्सका पूर्व राष्ट्रपतिमाथि मानवअधिकार विरुद्धको आरोप पुष्टि भएको आईसीसीको ठहर

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०८३ | काठमाडौं

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते विरुद्ध मानवताविरुद्ध अपराधसम्बन्धी आरोपहरु पुष्टि भएको छ । उनको मुद्दा अब अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमा अगाडि बढ्ने भएको छ । 

अदालतका न्यायाधीशले पर्याप्त आधार रहेको ठहर गर्दै उनलाई औपचारिक रुपमा मुद्दा अगाडी बढाउने आदेश भएको हो । ८१ वर्षीय दुतेर्ते सन् २०११ देखि २०१९ सम्म सञ्चालन गरिएको लागु औषध विरुद्धको अभियानका क्रममा हजारौँ मानिसहरुको गैरन्यायिक हत्या गराएका आरोप लगाइएको छ । 

आईसीसीका न्यायाधीशहरुले सर्वसम्मत रूपमा आरोपहरु पुष्टि गर्दै मुद्दा अगाडि बढाउने निर्णय गरेका हुन्। दुतेर्ते एक वर्षभन्दा बढी समयदेखि हिरासतमा छन् र उनले आफूलाई रिहा गर्न बारम्बार अपील गर्दै आएका थिए।


प्रतिक्रिया