हर्मुज जलमार्ग इरानद्धारा पुनः बन्द
वैशाख ५, २०८३ | काठमाडौं
इन्धन आपूर्तीका लागि महत्वपूर्ण मानिएको हर्मुज जलमार्ग इरानले पुनः बन्द गरेको छ । तत्कालका लागि पूर्ण रुपमा जलमार्ग खुला गरेको केहि समय पछि इरानले सो नाका बन्द गरेको हो । अमेरिकाले दुईदेशबीच भएको सम्झौताका शर्त पालना नगरेको जनाउँदै इरानले जलमार्गमा अवरोध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इरानले आफ्नो सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको पछिल्लो सन्देशमा सो विषय उल्लेख गरेको बीबीसीले जनाएको छ । अमेरिकाले अझै पनि इराननको सामुन्द्रीक बन्दरगाहतर्फ आवतजावत गर्ने जहाजहरुलाई अवरोध गरिरहेको इरानको दाबी छ । इरानले जलमार्ग बन्द गर्ने बताएपनि अमेरिकाले भने अहिलेसम्म औपचारीक प्रतिक्रिया नदिएको समाचारमा जनाइएको छ ।
यसअघिअमेरिकाले जलमार्ग सुरक्षित रहेको र पूर्ण रुपमा खुला गरिएको जनाएको थियो । युद्ध अन्त्य गर्ने प्रयास स्वरुप अमेरिका र इरानबीच अघिल्लो साता पाकिस्तानमा भएको पहिलो चरणको वार्ता अन्तिम समयमा पुगेर निष्कर्षविहीन भएको थियो । दुईदेशबीच सहमति गराउन पाकिस्तानले दोस्रो चरणको वार्ताका लागि मध्यस्थता गरिरहेको छ ।








