इरान र अमेरिकाबीच वार्ता सुरु

चैत्र ३०, २०८१ | काठमाडौं

मध्यपूर्वमा क्षेत्रीय द्वन्द्व चर्किएको बेला इरान र अमेरिकाबीच परमाणु कार्यक्रमबारे ओमानमा वार्ता सुरु भएको छ । 

वार्ताको लागि इरानका विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल ओमानको राजधानी मस्कट पुग्नुभएको छ ।

इरान र अमेरिकाले क्षेत्रीय तनाव र सैन्य कारबाहीको खतराका बीच इरानको बढ्दो आणविक कार्यक्रमलाई सम्बोधन गर्न उच्चस्तरीय वार्ता गर्न लागेको हो । 

वार्तामा ट्रम्पका मध्यपूर्वका दूत स्टीभ विटकोफले अमेरिकी प्रतिनीधिमण्डलको नेतृत्व गर्नेछन् । 

सो वार्ताको उद्देश्य तेहरानको तीव्र गतिमा अघि बढिरहेको आणविक कार्यक्रममाथि छलफल गर्नु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया