आजका मुख्य समाचारः २०८२ जेठ १७, साँझ ०६ः ३० बजे

जेष्ठ १७, २०८२ | काठमाडौं
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजिनामा दिनु नपर्ने प्रधानमन्त्री ओलीको भनाइ, पार्टीको आन्तरिक विषय सार्वजनिक रुपमा प्रस्तुत नगर्न सत्तारुढ नेपाली कांग्रेसका नेताहरुलाई आग्रह
राजावादी दल र समूहको आन्दोलन जारी, सरकार डराएको राप्रपा अध्यक्ष लिङदेनको आरोप, भाडामा मान्छे ल्याएर आन्दोलन गर्नुको औचित्य नभएको माओवादी केन्द्रका अध्यक्ष दाहालको टिप्पणी
आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र उत्साहित, कार्यन्वयनमा ध्यान दिन सुझाव
पाकिस्तानको पञ्जाब प्रान्तमा ३४ जना आतंकवादी पक्राउ
र
च्याम्पियन्स लिग फुटवलको उपाधिका लागि पिएसजी र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदै